By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > महिला हिंसा न्यूनीकरणमा सामुदायिक मनोसामाजिक सहजकर्ताको अपरिहार्य भूमिका

महिला हिंसा न्यूनीकरणमा सामुदायिक मनोसामाजिक सहजकर्ताको अपरिहार्य भूमिका

Dudhauli FM
Last updated: माघ ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
4 Min Read
SHARE

सरिता कटुवाल, मनोसामाजिक सहजकर्ता

नेपाली समाजमा महिलालाई देवी, शक्ति र ममताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा रहँदै आएको छ । तर यथार्थमा हेर्दा यही समाजभित्र महिलामाथि हुने हिंसा दिनानुदिन भयावह बन्दै गएको छ । घरभित्रै, आफन्तबाटै र विश्वास गरिएका व्यक्तिबाटै महिलाहरू असुरक्षित हुनु आजको कटु सत्य हो । विशेषगरी सिन्धुली जिल्लामा पछिल्लो समय भएका जघन्य महिला हिंसाका घटनाहरूले सम्पूर्ण समाजलाई गम्भीर प्रश्नको सामना गराइरहेका छन् ।

Contents
सरिता कटुवाल, मनोसामाजिक सहजकर्तासमस्या पहिचान र मूल कारणसामुदायिक मनोसामाजिक सहजकर्ता: रोकथामको आधारस्तम्भनिष्कर्ष

सुशीला, छत्रकुमारी र टंकमायाजस्ता घटनाहरूले देखाएको छ—महिला कुनै पनि ठाउँमा, कुनै पनि सम्बन्धभित्र पूर्ण रूपमा सुरक्षित छैनन् । नाबालिका बालिकादेखि वृद्धआमासम्म यौन, शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक हिंसाबाट पीडित हुनु समाजको गम्भीर असफलताको सूचक हो । यस्ता घटनाले महिलामात्र होइन, सिङ्गो समाजलाई त्रास र असुरक्षामा बाँच्न बाध्य बनाएको छ ।

समस्या पहिचान र मूल कारण

महिला हिंसाका जरा गहिरा छन् । लैङ्गिक विभेद, पितृसत्तात्मक सोच, अशिक्षा, मौन सहमति, सामाजिक दबाब, कानुनी पहुँचको अभाव र मानसिक स्वास्थ्यप्रतिको बेवास्ता यसका प्रमुख कारण हुन् । घटना घटिसकेपछि मात्र प्रतिक्रिया जनाउने हाम्रो प्रवृत्तिले हिंसा झन् बढ्न सहयोग गरिरहेको छ । रोकथामभन्दा उपचारमा केन्द्रित सोच परिवर्तन नगरेसम्म समस्या समाधान हुँदैन ।

सामुदायिक मनोसामाजिक सहजकर्ता: रोकथामको आधारस्तम्भ

यही सन्दर्भमा सामुदायिक मनोसामाजिक सहजकर्ताहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र अपरिहार्य देखिन्छ । समुदायभित्रै बसेर, समाजको अवस्था बुझेर, गोप्य रूपमा पीडितको पहिचान गर्ने, परामर्श दिने र समयमै सम्बन्धित निकायमा सूचना पुर्‍याउने काम सहजकर्ताले गर्न सक्छन् । उनीहरू नै हिंसा हुनुअघि देखिने सूक्ष्म संकेत पहिचान गर्न सक्षम हुन्छन् । दुधौली नगरपालिकामा विगत २०७५ सालदेखि गरिएको अनुभवले प्रमाणित गरेको छ—समुदायमा सक्रिय मनोसामाजिक सहजकर्ता हुँदा धेरै महिलाहरू समयमै उद्धार हुन सकेका छन् । घरदैलो कार्यक्रम, निरन्तर संवाद र विश्वासको सम्बन्धले पीडित महिलालाई बोल्ने हिम्मत दिन्छ । यही विश्वास नै हिंसा रोकथामको पहिलो खुड्किलो हो ।

नीति तथा व्यवहारगत सुझावहरू

महिला हिंसा न्यूनीकरण र सामुदायिक मनोसामाजिक सहजकर्ताको प्रभावकारी भूमिकाका लागि निम्न सुझावहरू प्रस्तुत गर्न सकिन्छ :

  1. स्थानीय तहमा सहजकर्ता अनिवार्य व्यवस्था
    प्रत्येक वडा/टोलमा प्रशिक्षित सामुदायिक मनोसामाजिक सहजकर्ताको व्यवस्था गरिनुपर्छ ।
  2. तालिम र मनोसामाजिक सहयोग
    सहजकर्ताहरूलाई नियमित तालिम, परामर्श र मानसिक स्वास्थ्य सहयोग उपलब्ध गराउनुपर्छ । किनकि हिंसासँग काम गर्ने व्यक्ति स्वयं मानसिक रूपमा बलियो हुन आवश्यक हुन्छ ।
  3. गोपनीयता र सुरक्षा सुनिश्चितता
    सूचना दिने सहजकर्ता र पीडित दुवैको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट संयन्त्र हुनुपर्छ ।
  4. महिला नेतृत्व र एकता
    महिला अगुवा, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरू एक भएर आवाज उठाउनुपर्छ । महिला मुद्दालाई प्राथमिकतामा राखेर सबै क्षेत्रमा डटेर लाग्न आवश्यक छ ।
  5. रोकथाममुखी अभियान
    विद्यालय, समुदाय र परिवार तहमा लैङ्गिक समानता, सम्मान र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभियान नियमित सञ्चालन गर्नुपर्छ ।
  6. समन्वय र द्रुत न्याय प्रक्रिया
    प्रहरी, न्यायिक समिति, स्वास्थ्य संस्था र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय आवश्यक छ ।

निष्कर्ष

हिंसा कुनै एक व्यक्तिको समस्या होइन, यो समाजको साझा घाउ हो । “समाजसेवा नै धर्म हो, मानवताको नाता नै ठूलो हो” भन्ने भावनाले काम गर्ने सामुदायिक मनोसामाजिक सहजकर्ताहरू आज महिला हिंसा विरुद्धको अग्रपङ्क्तिमा उभिएका छन् । भोलिका दिनमा सुशीला र टंकमायाजस्ता पीडादायी घटनाहरू दोहोरिन नदिन हामी सबैले एकै ठाउँमा उभिएर हातेमालो गर्नैपर्छ । महिला हिंसा अन्त्य गर्न आवाज उठाउनु मात्र होइन, हिंसा हुन नदिन संरचना बनाउनु आजको आवश्यकता हो । त्यसका लागि सामुदायिक मनोसामाजिक सहजकर्ताहरूको भूमिका हाम्रो समाजमा—विशेषतः दुधौली नगरपालिकामा—अझ सशक्त र संस्थागत हुनैपर्छ ।

हिंसामुक्त समाज निर्माणतर्फ सामूहिक कदम चालौँ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

नेकपाका प्रभावशाली नेता रामशरण थापा नेपाली काँग्रेसमा प्रवेश, जिल्ला सदस्यमा मनोनयन

By Dudhauli FM

How Regulatory Changes Affect Casino Bonus Offers and Player Protections

By Dudhauli FM
Uncategorized

(रास्वपा) सभापति रविलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा अझै रोकिएन बाल श्रम, सरोकारवालाको मौनता

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?