By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नेपाली काँग्रेस दुधौलीको नगर स्तरीय भेला सम्पन्न, शिर्सष्त नेता–कार्यकर्ता काँग्रेस पार्टी प्रवेश,

नेपाली काँग्रेस दुधौलीको नगर स्तरीय भेला सम्पन्न, शिर्सष्त नेता–कार्यकर्ता काँग्रेस पार्टी प्रवेश,

Dudhauli FM
Last updated: पुस १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफएम सम्वाददाता

दुधौली / नेपाली काँग्रेस दुधौली नगर स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।आज पुस १४ गते सोमवारका दिन नेपाली काँग्रेस पार्टी दुधौली नगर समितिले दुधौली नगरमा संगठन विस्तारलाई तीव्र बनाउँदै विभिन्न दलमा कृयाशिल ५० जना प्रभावशाली नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराई स्वागत गरेको छ । विभिन्न दल परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गर्नेहरूको सहभागितासँगै नगर स्तरीय कार्यकर्ता भेला उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न बनाएको छ ।

नेपाली कांग्रेस दुधौली नगर समितिका सभापति बलराम कार्कीको सभापतित्व तथा काँग्रेस पार्टीका सचेतक एवं सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य श्याम प्रसाद घिमिरेको प्रमुख आतिथ्ययतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य तथा दुधौली नगर कमिटी उपाध्यक्ष रामशरण थापाको नेतृत्वमा ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा दुधौली नगरपालिका वडा नं. १० का वडा कमिटी उपाध्यक्ष मिना कुमारी तामाङ, संगठित सदस्य सन्तोष तामाङ, सनम तामाङ, बनिता तामाङसहित ३० जना, वडा नं. ११ का नेकपा (तत्कालीन समाजवादी) का वडा कमिटी अध्यक्ष बम बहादुर मगर, मिन बहादुर सुनुवार, रामचन्द्र अधिकारीसहित १० जना तथा वडा नँ. ६ का नेकपा एमाले नेता कमिया कुमारसहित ९ जना गरी जम्मा ५० जनाले विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले खादा तथा टीका लगाएर स्वागत गर्दै काँग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतामा प्रतिबद्ध रहन आग्रह गरेको थियो।

भेलामा नेपाली काँग्रेसको संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा पार्टीको भूमिकाबारे व्यापक छलफल गरिएको थियो। वक्ताहरूले काँग्रेस लोकतन्त्र, समावेशिता र जनताको अधिकारका लागि निरन्तर सङ्घर्षरत अभिभावक पार्टी भएको उल्लेख गर्दै दुधौली नगरमा पार्टी संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा काँग्रेस जिल्ला सभापति उपेन्द्र कुमार पोखरेल, पूर्व जिल्ला सभापति उज्ज्वल प्रसाद बराल, संविधानसभा सदस्य मोहन प्रसाद बराल, काँग्रेस उपसभापति दीपक घिमिरेलगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा नगर क्षेत्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमले दुधौली नगरमा काँग्रेसको राजनीतिक गतिविधि थप सशक्त बनेको सहभागी कार्यकर्ताहरूले बताएका छन्। कार्यक्रमले नगर क्षेत्रमा काँग्रेस संगठन विस्तारका लागि नयाँ ऊर्जा र उत्साह थपेको विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

तरुण दल दुधौलीद्वारा प्रथम नगरस्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा २५७०औँ बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

By Dudhauli FM
Uncategorized

बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?