By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली प्रहरी तालीम केन्द्रमा ७०औं प्रहरी दिवस, २०८२ भव्यताका साथ सम्पन्न

दुधौली प्रहरी तालीम केन्द्रमा ७०औं प्रहरी दिवस, २०८२ भव्यताका साथ सम्पन्न

Dudhauli FM
Last updated: अशोज ३१, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता
दुधौली, सिन्धुली — असोज ३१, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा आज ७०औं प्रहरी दिवस–२०८२ भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्रद्धेय प्रभु प्रसाद ढकालको प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमका क्रममा सह–समादेशक प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीद्वारा प्रमुख अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङज्यूको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। त्यस अवसरमा प्रमुख अतिथि सहित उपस्थित सबैले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी वीर अमर प्रहरीहरूप्रति श्रद्धा प्रकट गरेका थिए।

प्रहरी दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिता — भलिबल, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस र रस्साकस्सी — का विजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। ब्याडमिन्टन प्रतियोगितामा विजेता समादेशकज्यू तथा प्रहरी नायव निरीक्षक हिरालाल फुयललाई प्रहरी जवान शर्मिला कुमारी श्रेष्ठले प्रमाणपत्र प्रदान गरेकी थिइन्।

त्यसैगरी, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिहरुले पुरस्कार वितरण गर्दै निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले नेपाल प्रहरीका सम्पूर्ण अधिकारी, जवान, प्रहरी परिवार तथा अमर प्रहरीका परिवारजनहरूलाई “७०औं प्रहरी दिवस–२०८२” को अवसरमा व्यावसायिक सफलता, व्यक्तिगत सुख–समृद्धि र प्रगतिका शुभकामना व्यक्त गर्नुभयो।

उहाँले राष्ट्र र नागरिकको सुरक्षाको खातिर आफ्नो जीवन समर्पण गर्ने वीर प्रहरीहरूको त्याग र बलिदानले प्रहरी संगठनलाई अझ प्रेरित बनाएको उल्लेख गर्दै, उनीहरूको आदर्शबाट प्रेरित भई जनताको सेवामा इमानदार, निर्भिक र समर्पित भएर काम गर्न सबैलाई आह्वान गर्नुभयो।

कर्तव्यपालनाको क्रममा घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, वीर अमर प्रहरीहरूलाई श्रद्धाञ्जली अर्पण तथा उनीहरूको परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गर्नुभयो।

उक्त कार्यक्रममा केन्द्रका वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, साथै हाल तालिमरत प्रहरी जवान आधारभूत तालिम (६–२०४औं) समूहका प्रशिक्षार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

अनुशासनको जीत, सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल ‘बेस्ट प्लाटुन’को उपाधि

By Dudhauli FM
Uncategorized

सिन्धुलीका दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा सबैभन्दा कम बेरुजु, सुशासन र पारदर्शिताको नमुना

By Dudhauli FM
Uncategorized

दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

By Dudhauli FM

Mostbet Casino-da Live Casino ilə Slotlar Arasında Ən Yaxşı Seçim Yolları

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?