By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

Dudhauli FM
Last updated: भदौ १६, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

रोहित कुमार गुरुङ

सिन्धुली, दुधौली — बागमती प्रदेशको गौरवको योजना अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–९ मा करोडौँ रुपैयाँ लगानीमा सुरु गरिएको रङ्गशाला आज अलपत्र अवस्थामा छ। खेलाडीले अभ्यास गर्ने, प्रतियोगिता सञ्चालन गर्ने र खेलप्रेमी दर्शकले उत्साहपूर्वक खेल अवलोकन गर्ने अपेक्षामा थालिएको यो योजना अहिले उपेक्षित र बिग्रँदै गएको छ।

करोडौँ खर्च, अधुरो काम

प्रदेश सरकारको ७ करोड ४६ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण कार्य सुरु गरिएको रङ्गशालाले भौतिक संरचना त पाएको छ तर मैदान भने अधुरो छ । एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान, १५ सयभन्दा बढी दर्शक अटाउने प्याराफिट, पार्किङ, चेन्जिङ रुम, शौचालय, मिटिङ हललगायतका सुविधा रहने योजना थियो। तर खेलमैदान निर्माण हुन नसक्दा रङ्गशाला अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।

रङ्गशाला भित्रको दुर्दशा

रङ्गशालाको प्रमुख प्रवेशद्वार भत्किएको छ । ढोकाबाट भित्र पस्नासाथ बायाँतर्फका शौचालय र कोठाभित्र मादक पदार्थ, लागु पदार्थका खोलदेखि प्रयोग भइसकेका कण्डमसम्म फेला पर्छन् । खेलाडीको आवाज गुञ्जिनु पर्ने मैदान अहिले बाख्रा–भैँसी चरण स्थल बनेको छ । स्थानीयवासीका अनुसार रङ्गशाला भित्र रातमा युवाहरू भेला भई मदिरा सेवन गर्ने, झ्यालका सिसा फुटाउने र अनैतिक क्रियाकलाप गर्नेसम्म गरेका छन् ।

स्थानीयको असन्तोष

“करोडौँ खर्चेर बनेको संरचना हेर्दा मन दुख्छ । खेलाडी त परै जाओस्, अहिले रङ्गशाला हेर्दा गोठभन्दा भिन्न छैन,” एक स्थानीयले गुनासो गर्दै भने । उनीहरूको आरोप छ— प्रदेश सरकारले बनाईदिएको उपाहार स्वरूपको संरचना स्थानीय सरकारले निगरानी नगर्दा र सरोकारवालाहरूले बेवास्ता गर्दा रङ्गशालामा लगानी गरिएको रकम पानीमा बगेजस्तै भएको छ ।

निगरानी अभावमा लगानी खेर

सार्वजनिक निर्माण कार्यान्वयन एकाइ धुलिखेलका प्रमुखका अनुसार रङ्गशालाले प्रदेशकै स्तरमा खेलकुदलाई अघि बढाउन सक्ने सम्भावना बोकेको छ। तर, प्रदेश सरकारको तल्लो तहसम्म प्रभावकारी निगरानी गर्ने संरचना नहुँदा जिल्लामा आएको बजेट दुरुपयोग भएको छ। जिल्लामा मात्र होइन, बागमती प्रदेशले सुरु गरेका धेरै योजनाहरू अधुरै छोडिएका छन् ।

दूरदर्शी निर्णय भएन

बागमती प्रदेश सरकारले दुधौलीमा खेलकुदको लागि रङ्गशाला निर्माण गर्ने भए पछि सरोकारवालाहरू सँग पर्याप्त छलफल नै नगरी रङ्गशाला निर्माणको निर्णय भयो । जुन निर्माण भए पछि मात्रै स्थानीयहरूलाई थाहा भयो । सार्वजनिक संरचनाहरू सबैको पहुँच पुग्ने स्थानमा हुनु एकान्त स्थानमा खेलाको तिरमा , प्रदेश र जिल्लको छेउमा लगियो जहाँ कोही जानलाई घण्टौ लाग्छ । यसमा खेलाडीहरू र खेल प्रेमीको हितमा हुने गरी पहुँच पुग्ने गरी दीर्घकालन र दूरदर्शी सोचका साथ निर्णय नै भएन ।

खेलकुद विकास वा सरकारको असफलता ?

रङ्गशाला बन्ने समाचारसँगै दुधौलीका खेल प्रेमी युवामा उत्साह जगाएको थियो। तर समयमै मैदान निर्माण नहुनु र संरचना जीर्ण बन्न थालेपछि उनीहरू निराश छन्। खेलकुदको विकासका लागि भन्दै प्रदेश सरकारले देखाएको “गौरवको योजना” अहिले उपेक्षाको शिकार बनेको छ।

स्थानीयवासीहरू भन्छन् — “रङ्गशाला पूरा गरेर प्रयोगमा ल्याइएन भने करोडौँ रुपैयाँको लगानी बेकार मात्र होइन, खेलकुदमै ठूलो धक्का लाग्नेछ।”

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

Uncategorized

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

By Dudhauli FM
Uncategorized

दुधौली शिक्षक महासंघको शैक्षिक मागसहित नगरपालिकालाई ध्यानाकर्षण

By Dudhauli FM
Uncategorized

नेबि संघद्वारा स्ववियु निर्वाचित पदाधिकारीहरुको सम्मान तथा बनभोज कार्यक्रमको आयोजना

By Dudhauli FM
Uncategorized

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?