By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पुराना दलहरूलाई टक्कर दिनेगरी दुधौलीमा रास्वपाको अधिवेशन, पार्टी प्रवेश देखि मौन समर्थनको माहोल

पुराना दलहरूलाई टक्कर दिनेगरी दुधौलीमा रास्वपाको अधिवेशन, पार्टी प्रवेश देखि मौन समर्थनको माहोल

Dudhauli FM
Last updated: भदौ ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, दुधौली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुधौली नगर समितिले पछिल्लो समय वडा अधिवेशनलाई तीव्रता दिएको छ । यो अधिवेशनले पुरानो बिरासत बोकेका मूलधारका भन्ने दलहरूलाई कडा चुनौती दिएको छ । दुधौलीका वडाहरूमा सम्पन्न भई रहेको वडा अधिवेशनको माहोल देखेर दुधौलीका पुराना दलका नेताहरूमा हलचल नैमचिन थालेको विश्लेषकहरूको भनाई रहेको छ । केही समयसम्म करिब निष्क्रियजस्तै देखिएको रास्वपा नगर समिति हाल सक्रिय बन्दै वडा–वडामा पार्टी विस्तारको काम अघि बढाइरहेको छ ।

रास्वपाले आयोजना गरेको वडा अधिवेशनहरूमा युवा देखि ति पुराना पार्टीमा लामो समय प्रत्यक्ष अप्रत्यक्ष बलिदान दिएका जेष्ठ नागरिकहरू समेतको भिड लाग्न थालेको देखिन्छ । केही महिना देखि दुधौलीमा सुरु गरेको रास्वपाको वडा भेलामा सबै भन्दा बढी दुधौली ५ को सिर्थौलीमा सम्पन्न भएको वडामा पार्टी प्रवेश गरेको रास्वपा दुधौलीको दावी रहेको छ । दुधौली नगर समितिका अनुसार दुधौली नगरपालिका १० र ५ मा सबै भन्दा बढि मात्रमा पार्टी प्रवेश गरेको बताएका छन् ।

दुधौली नगरपालिकाका जम्मा १४ वटा वडामध्ये हालसम्म १० वडामा अधिवेशन सम्पन्न भइसकेको नगर सचिव दिनेस साप्कोटाले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. २, ६, ८ र १२ मा अधिवेशन हुन अझै बाँकी छ। “यी वडामा पनि अधिवेशन दशैंअघि सकाउने तयारी छ, वर्षातले केही असर पार्ला कि भन्ने हो,” सापकोटाले भन्नुभयो।

नगर समितिको दाबी अनुसार वडा अधिवेशनका क्रममा नयाँ पुस्ता, सचेत नागरिक र स्थानीय बासिन्दाबिच पार्टीप्रतिको चासो र विश्वास उल्लेख्य रूपमा बढ्दै गएको छ। पुराना राजनीतिक दलहरूले गरेका असफलता र जनविश्वासमा गरेका घातका कारण रास्वपातर्फ आकर्षण बढेको समितिको दाबी छ।

“पुराना दलहरूको असली रूप सबैले देखिसकेका छन्। जनताले अथाह विश्वास गरे पनि ती दलका नेताहरूले निराश मात्र पारे। त्यसको विकल्पका रूपमा हाम्रो अभियानलाई समर्थन बढ्दै गएको हो,” सचिव सापकोटाले बताउनुभयो।

समितिले हालसम्म १ हजारभन्दा बढी सक्रिय सदस्यता लिइसकेको जनाएको छ। तर अझै धेरै नागरिकले खुलेर पार्टीमा प्रवेश नगरे पनि आस्थावान् समर्थकको सङ्ख्या निरन्तर बढिरहेको रास्वपाको दाबी छ। “खुलेर लाग्ने सक्रिय सदस्य मात्रै हजारभन्दा माथि पुगिसकेका छन्। अझै धेरै आउने क्रममा हुनुहुन्छ,” सचिव सापकोटाले बताउनुभयो।

रास्वपाले अघि सारेको “निलो क्रान्ति” लाई स्थानीय तहसम्म पुर्‍याउने रणनीति अनुसार कार्यक्रम अघि बढिरहेको समितिको भनाइ छ। “आगामी दशैँसम्म दुधौलीमा रास्वपाको सक्रियता र प्रभाव अझै स्पष्ट रूपमा देखिनेछ,” नगर सचिव सापकोटाले विश्वास व्यक्त गर्नुभयो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Нужен доступ? Используйте 1xbet зеркало сайта для входа на официальный сайт

By Dudhauli FM

Banking Security in Online Casinos

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

How Uncertainty Shapes Our Decision-Making

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?